सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पृथ्वी राजमार्गको मुग्लिन देखि १३ किलोमिटर दक्षिणतर्फ घुमाउने भन्ने स्थानमा सोमबार बिहान १० बजेतिर सुख्खा पहिरोमा सवारी साधन पुरिंदा २ जनाको मृत्यु भएको र दुई जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।
सो सडक विस्तारको काम दुई वर्षमा पूरा हुन नसकेपछि, अर्को एक वर्ष थप गरिएको छ।
सडक विस्तारको काम शुरु भएको २ बर्ष बिती सक्दा पनि ४२ प्रतिशत मात्र काम सम्पन्न भएको बताइएको छ।
नारायणगढ- मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्र नारायण यादवका अनुसार करीव ३४ किलोमिटर सडक विस्तारको जिम्मा ३ वटा निर्माण कम्पनीलाई दिइएपनि सडक विस्तारले खासै तीव्रता पाउन सकेको छैन।
सास्ती
सडक विस्तारमा भइरहेको ढिलाइका कारण सवारीसाधन घण्टौंसम्म जाममा फस्न वाध्य छन्।
खाल्टा खुल्टी र धुलोले यात्रुहरु हैरान हुने गरेका छ।
शुरुमा दुई वर्षमा संपन्न गर्ने लक्ष्य लिइएको उक्त सडक विस्तारको लागि अझ एक वर्ष समय थप भएको यादवले बताए।
सोमबारको सुख्खा पहिरोमा एक ट्याङकर, एक मिनी ट्रक र एक मोटरसाइकल पुरिएका थिए।
पहाड फुटाउने काम भइरहेको उक्त स्थानमा पहिरो जान्छ भन्ने अनुमान नै नभएको स्थितिमा पहिरो गएको प्राविधिकहरुको भनाइ छ।
सडकको कामलाई तीव्रता दिन भन्दै दैनिक ६ घण्टा यातायात बन्द गरी काम गर्दै आइएको छ।
जोखिम रहँदारहँदै पनि उक्त सडकबाट दैनिक १० हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा