सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत २१, काठमाडौं – नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले निर्वाचन आयोगमा दिने धर्ना दिने क्रममा लगाएको आपत्तिजनक नाराप्रति माफी मागेकी छिन् । हिजो निर्वाचन आयोगमा धर्ना दिने क्रममा यमीले ‘देश खारेज गर’ भन्दै नाराबाजी गरेको भन्दै व्यापक आलोचना भइरहेको बेला उनले आज पत्रकार सम्मेलन गरी माफी मागेकी हुन् । उनले आयोग धर्नाका क्रममा धकेलाधकेल हुँदा आफू निकै आवेगमा आएको तथा बेहोसीपन जस्तै अवस्था भएकाले भूलबस नारा लगाउँदा गलत शब्द उच्चारण हुन पुगेको उनले दाबी गरिन् ।
‘ हिजो ६३ दलले निर्वाचन आयोगले चुनाव चिन्हमा बन्देज लगाउने गरी गरेको निर्णयको विरोधमा धर्ना दिने कार्यक्रममा काठमाडौं जिल्ला उत्प्रेरकको हैसियतमा बिहानैदेखि म सक्रिय थिएँ ’, उनले भनिन्, ‘ धर्नामा धकेलाधकेलमा भएको थियो । त्यतिबेला म अर्धचेत जस्तै भएको थिएँ । त्यसमाथि आवेगमा नारा लगाउने क्रममा ऐन खारेज गर भनि नारा लगाउँदा अज्ञानताबस देश खारेज गर भनेछु ।’ उनले आफ्नो मातृभाषाका कारण नेपाली भाषामा समेत कमजोरी रहेको भन्दै त्यसलाई अन्यथाको रुपमा नलिन आग्रह गरिन् । उनले आफूमा देशप्रति अगाध माया रहेको समेत प्रष्ट पारिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा