सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २१ – नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोमा परि घाइते भएकाहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर घटनास्थल चितवनको कविलास पुगेको छ ।
बिहान पहिरो खस्दा घाइते भएकाहरुको शिघ्र उपचार गर्न गर्न गृहमन्त्री विमलेन्द्र निधीले निर्देशन दिएपछि हेलिकप्टर चितवन पठाइएको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घटनास्थलमा पुगिसकेका र तनँहुबाट सडक पन्छाउने डोजरहरु पनि आइसकेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा