सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, चैत २१ । मुग्लिन–नारायणगढ सडक खण्डको घुमौनेमा पहाडको ढिस्को खसेर केही सवारी पुरिँदा एकजनाको ज्यान गएको छ । पहिरोले नीजि कार लगायतका सवारी पुरेको प्हरुीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको घुमौने मोडमा पहाड खस्दा करिव आधा दर्जन सवारी साधान पुरिएको खबर आएको छ । पहाडको ढिस्कोमा कति सवारी साधन पुरिए भन्नेबारेमा एकिन जानकारी आउन नसकेको चितवन प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार ढिस्कोमा यात्रुवहाक कार र स्काभेटर पुरिएको देखिएको छ । कार र स्काभेटरभित्र कति मानिस थिए भन्ने जानकारी आउन सकेको छैन ।
घटनामा अन्य दुई जना घाइते भएको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरीक्षक सन्तोष पन्तले जानकारी दिए। पहिरोमा ट्यांकर पुरिँदा त्यसका चालक पनि घाइते भएका छन्।
सडक निर्माण गर्ने क्रममा ढिस्को खसेको बताइएको छ ।
घटनालगत्तै प्रहरी टोली दुर्घटना स्थलमा उद्दारका लागि पुगेको छ । ढिस्को खसेपछि आधा घन्टादेखि मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा