सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २० । काठमाडौं—प्रहरी नियन्त्रणबाट रिहा हुन नमानेपछि नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि प्रहरीले दुर्व्यवहार गरेको छ।
निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर नेपाल पुलिस क्लब पुर्याएको थियो। प्रहरीले रिहाई गर्न खोज्दा पूर्वप्रधानमन्त्री डा.भट्टराईले प्रहरी कार्यालयभित्रै शान्तिपूर्ण धर्ना सुरु गरेका थिए। प्रहरी स्रोतका अनुसार आइतबार साँझ कार्यालय छोड्न आग्रह गर्दा विवाद भएको हो।
पक्राउ परेकाहरुलाई भेट्न गएका कार्यकर्तासमेत पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।
चुनाब चिन्ह माग गर्दै निर्वाचन आयोग अगाडि धर्ना दिने क्रममा पक्राउ परेका बाबुरामलाई प्रहरीले पुलिस क्लवमा पुर्याएको थियो । तर, उनले त्यहीं धर्ना सुरु गरेका थिए ।
पुलिस क्लबभित्रै धर्नामा बसेका उनीहरुले माग पूरा गर्न सरकारलाई ४८ घन्टे ‘अल्टिमेटम’समेत दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा