सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २० । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न ६ स्थानमा प्रदर्शन र विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ ।
जिप्रकाले आइतबार सूचना जारी गर्दै शीतल निवास, महाराजगन्ज, प्रधानमन्त्री निवास, बालुवाटार, संसद भवन नयाँबानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास लैनचौर, निर्वाचन आयोग बहादुरभवन वरपरका क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो ।
जिल्ला सुरक्षा समितिको पुस २० र चैत ९ गतेको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीबाट कुनै किसिमको जुलुस, प्रदर्शन, धर्ना, घेराऊजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिएको सूचनामा उल्लेख छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा