सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २०, काठमाण्डौ – मानव अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको मानव अधिकार दायित्व नेपालले मानव अधिकार तथा मानव अधिकार सम्वन्धि भावि कार्यक्रम विषयक एकदिने अन्तरक्रिया कार्यक्रम काठमाण्डौको ईन्द्रेणि कम्प्लेक्समा सम्पन्न भएको छ ।
नेपालका लागी श्रीलंकाका राजदुत स्वर्णलथा परेराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न पेशामा सम्लग्न बुद्धिजिवि, प्रोफेसर, सिमाविद, कलेज डिन, शिक्षण संस्थाका अध्यक्ष, शिक्षक, अर्थशास्त्रि, ब्यवसायी, सञ्चारकर्मी तथा विविध क्षेत्रका पेशाकर्मिहरुको उपस्थिति थियो । मानव अधिकार दायित्व नेपालका अध्यक्ष श्री उत्तम कर्मचार्यले प्रमुख अतिथि राजदुत परेरा एवं अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई खादा ओडाई स्वागत गनुभएको थियो ।
सो कार्यक्रममा हालको सङ्क्रमणकालिन अवस्थामा मानव अधिकारको क्षेत्रमा क्रियाशील रहेका व्यक्तिहरूले खेल्नुपर्ने भूमिका र काम गर्ने दौरानमा आउने चुनौतीको सामना कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
मानव अधिकार दायित्व नेपालका अध्यक्ष श्री डा. उत्तम कर्मचार्यको समन्वयमा भएको कार्यक्रमबारे राजु मृगेन्द्र जोशीले कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि परेराले बुद्ध जन्मेको देश नेपालमा नेपाल र श्रीलंकाको सम्वन्ध सार्क मुलुकको मात्र नभई भौगोलीक, साँस्कृतिक, धार्मिक एवं मानविय रुपमा पनि धेरै कुरामा नेपाल जस्तै रहेको बताउनु भयो । मानव अधिकार भनेको शिक्षा, स्वास्थ्य, खाना, स्वतन्त्रता, लैगिङ्ग समानता, भेदभाव, आदि सबै कुरालाई समेटेमा मात्र मानव अधिकार पुर्ण हुने र यसका लागी सबै बर्गका वुद्धिजिवि, पेशाकर्मी लाग्नु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै सिमाविद श्री वुद्धि नारायण श्रेष्ठले नेपाल र भारतको सिमाको देखिएको समस्यालई सबै सरोकारवालाहरुले चासोका साथ लिई ब्यवस्थापन गनु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा श्रेष्ठले मानव अधिकार दायित्य नेपालका अध्यक्ष डा. उत्तम कुमार कर्मचार्यलाई सिमाका विषयमा आफुले लेखेका किताव समेत हस्तान्तरण एवं सो विषयलाई पनि मानव अधिकार जतिकै विषय बनाएर अध्ययन गर्न अनुरोध गनु भयो ।
कार्यक्रममा सहभागी सबैले सबै बर्गबाट नेपालको आजको चुनौतीको रुपमा रहेको मानव अधिकारको शिक्षा सबैसामु पुर्याउनु पर्नेमा जोड दिनु भयो । साथै हिंसा, अपराध, मानव अधिकारसँग सम्बन्धीत मुद्धाको व्यवस्थापन लगायतका विषयमा सबै जानकार हुनु पर्नेमा समेत जोड दिएका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा