सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत २० – काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु दलका उम्मेद्वारको नाम समेत नलिन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । एमाले काठमाडौंले गरेको चुनावी अभियानको आइतबार शुभारम्भ गर्दै ओलीले एमालेबाहेक अरु उम्मेद्वार नाम लिन समेत योग्य हुँदैनन् । काठमाडौंमा एमालेले दुईतिहाई जित्छ भनेर एकथरी नेताहरुले भाषण गरेको सुनेपछि ओलीले भन्नुभयो, ‘बाँकी एकतिहाई चाहिँ कसलाई दिने ? अरुलाई दिने होइन, एमालेले नै लिने हो ।’
एमालेलाई जिताउन भान्सा र चिया पसलदेखि सरकारी कार्यालयसम्म चुनावी चर्चा गर्न उहाँले निर्देशन दिनुभयो । ‘सरकारी कार्यालयमा हाकिमले सुन्छन् कि भन्ने डर लाग्छ भने उनले नसुन्नेगरी चुनावको कुरा गर्नु, एमाले उम्मेदवारलाई जिताउन भन्नु’ ओलीको यस्तो निर्देशन सुन्दा कार्यकर्ता खित्का छाडेर हाँसे । ओलीले तीन दिनभित्र चुनावी योजना सहित गाउँटोलमा पुग्न पनि निर्देशन दिनुभयो । उहाँले ०७४ सालमा तीनवटै तहको चुनाव हुने देश एमालेमय हुने दावी पनि गर्नुभयो । उहाँले कांग्रेसलाई झाडीमा अल्झेको अर्ना जस्तो र माओवादीलाई एजेण्डाबिहीन पार्टीको आरोप पनि लगाउनुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा