सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १९ ,काठमाडौं – आउँदो जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ । शुक्रबार राती १२ बजेसम्मका लागि आवेदन खुलाइएको ७५ हजार ६ सय ७ जनाले आवेदन दिएका हुन् । उत्पादनमुलक क्षेत्रमा भन्दा दोब्बर आवेदन कृषि तथा पशुपालनको क्षेत्रमा परेको इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि तथा पशुपालनको क्षेत्रमा ५१ हजार २ सय २१ जना र उत्पादनमुलक क्षेत्रमा २४ हजार ३ सय ८६ जनाले आवेदन दिएका छन् । अब जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा रोजगार आवेदन फाराम भर्नु पर्नेछ ।
गएको चैत ९ गतेदेखि शुक्रबार राती १२ बजे सम्म आवेदन दिने म्याद तोकिएको थियो । यस वर्षदेखि २४ डलर ग्लोबल आइएमई बैंकमा जम्मा गरेर अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलाइएको थियो । परीक्षार्थिलाई प्रवेश पत्र समेत इमेल मार्फत नै पठाइने छ ।
छ दिनभीत्र विवरण सच्याउन पाइने
भाषा परीक्षाका लागि आवेदन दिँदा विवरण गल्ती भएको भए सच्याउन पाइने भएको छ । पासपोर्ट नम्बर, नाम, ठेगाना, फोटो लगायत विवरण सच्याउनु परे ६ दिनको म्याद तोकिएको छ । चैत २० गतेदेखि २५ गतेसम्ममा काम गर्ने क्षेत्र (उत्पादनमुलक वा कृषि तथा पशुपालन) बाहेक अन्य विवरण सच्याउन सकिने शाखाले जनाएको छ ।
परिक्षा स्थान र समय पछि तोकिने
सन् २०१८ मा कृषि र उत्पादनमूलक क्षेत्रमा १० हजार २ सय नेपालीको माग आएको छ । उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषिमा ६ हजार २ सय नेपाली कोरिया जान पाउनेछन् । इपिएस कोरिया शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेपनि परिक्षा स्थल र समय भने तोकेको छैन । आउँदो २०७४ सालको जेठ १९ गते मात्रै तोकिने शाखाले जनाको छ । परिक्षार्थीले आफ्नो नतिजा आफूले प्राप्त गरेको अंक सहित हेर्न पाउने छन् । नतिजा प्रकाशन २०७४ को असार १६ गते हुने शाखाले जनाएको छ । भाषा परीक्षामा उत्तिर्ण भएपछि सीप परीक्षामा समेत सहभागी हुन सकिनेछ । सीप परीक्षामा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकताका साथ रोजगारी दिन रोजगारदाता कम्पनीलाई इपिएस शाखाले सिफारिस गर्नेछ ।
यसअघिको विवरण यस्तो छ
भाषा परीक्षा दिएर सन् २००८ देखि नेपाली कोरिया जना थालेका हुन् । पहिलो वर्ष २ हजार ८ सय १४ जना नेपाली कोरिया गएका थिए । अहिले सम्म ४२ हजार ७ सय १५ जना नेपाली काम गर्न कोरिया पुगेका छन् । यसमध्ये ४० हजार पुरुष र २ हजार ७ सय १५ जना महिला छन् ।
सबैभन्दा थोरै सन् २००९ मा १ हजार ९ सय ११ जना कामदार गएका थिए भने सबैभन्दा धेरै आगामी वर्षका लागि माग आएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा