सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डु, २० चैत – निर्वाचन आयोग घेर्न गएका नयाँ शक्तिका स.योजक बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भट्टराईसँगै बैद्य माओवादीका नेता सीपी गजुरेललगायतलाई पनि पक्राउ गरेका छन् ।
डा. भट्टराईसहित सभासद गंगा चौधरी, नेताहरु देवेन्द्र पौडेल, परशुराम तामाङ्ग, तथा नेकपा माओवादी क्रान्तिकारीका सिपी गजुरेल लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको छ।
नयाँ शक्ति लगायतका सान दलले संसदमा प्रतिनिधित्व नगर्ने दललाई पनि चुनाव चिन्ह प्रदान गर्न माग गर्दै आइतबार र सोमबार निर्वाचन आयोग लगायत देशैभरिका निर्वाचन कार्यालयमा धर्ना दिँदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा