• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

      मलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारीमलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारी

      लुम्बिनी प्रदेशमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

      मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की

      पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिकामा कोरोना संक्रमण पुष्टि

      असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

      होटल – रेष्टुरेन्ट विहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने, मास्क नलगाए १० रूपैयाँ जरिवाना

      कोरोनाका गम्भीर बिरामी बढे, २४ घण्टामा ८ को मृत्यु, १४८ आइसियूमा, ४३ को भेन्टिलेटरमा उपचार हुँदै

      सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

      माधव नेपालसहित ८ नेतालाई स्पस्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

      नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

      मदनकृष्ण श्रेष्ठ लगायत परिवारका ५ जनालाई कोरोना संक्रमण

      ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने

      इन्स्पेक्टर मन्दिप चौहान बने चैत महिनाको सर्वोत्कृष्ट प्रहरी

      लुम्बिनीमा सांसद किनबेचको खेल सुरु, जसपाका चारजनालाई मन्त्री बनाइँदै

    होमपेज /  पत्रपत्रिका

    कुन कुन जिल्लाको छापियो मतपत्र ?: ‘मतपत्र यताउति गर्ने हो भने ३१ गते निर्वाचन सम्भव छैन’

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र २०, आईतबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं – नयाँ र साना दलले पनि मतपत्रमा आआफ्नो दलको चुनाव चिह्न माग गरिरहेका बेला निर्वाचन आयोगले भने संसद्मा रहेका दललाई मात्र त्यस्तो सुविधा दिएर मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्याएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

    स्थानीय तह निर्वाचन ऐनमा संसद्मा रहेका दललाई मात्र दलगत चुनाव चिह्न दिने र अन्यलाई स्वतन्त्र चुनाव चिह्न दिने व्यवस्थाअनुसार मतपत्र छाप्ने काम भइरहेको आयोगले जनाएको छ । बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति, मोहन वैद्य नेतृत्वको माओवादीको चुनावी मोर्चा देशभक्त गणतान्त्रिक मोर्चालगायत आयोगमा दर्ता भएका अन्य दलले संसद्मा रहेका दललाई मात्र पार्टीको चुनाव चिह्न दिने निर्णय सच्याउनुपर्ने माग गर्दै आएका छन् ।

    निर्वाचन आयुक्त नरेन्द्र दाहालले शनिबारसम्म कम मतदाता भएका ५५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी दिए । आयोगले अब काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरलगायत धेरै मतदाता भएका २० जिल्लाको मतपत्र छाप्ने काम अघि बढाउने उनले बताए । ‘दुर्गम हिमाली र पहाडी जिल्लाको मतपत्र छाप्ने काम सम्पन्न गरेर अब धेरै मतदाता भएका जिल्लाको काम सुरु गर्दैछौं’, उनले भने, ‘दुर्गम र पहाडी जिल्लामा मतपत्र ढुवानीमा समय लाग्ने भएकाले ती जिल्लाको मतपत्र पहिलो चरणमा छापिएको हो ।’

    आयोगले करिब १ करोड ४० लाख मतदाताका लागि १ करोड ५५ लाख मतपत्र छाप्दैछ । केही बिग्रने, च्यातिने र केहीमा दोस्रो चरणको पनि मतदान हुनसक्ने भएकाले १५ लाख बढी मतपत्र छापिने आयोग पदाधिकारी बताउँछन् ।

    आयोगले मतदाता नामावली आइतबार अन्तिम रूप दिने तयारी गरिरहेकाले त्यसपछि मात्र मतदाताको संख्या यकिन भन्न सकिने जानकारी आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले दिए । आयुक्त दाहालले वैशाख ५ गतेसम्म मतपत्र छाप्ने काम सम्पन्न गरेर वैशाख १५ बाट जिल्लामा पठाउने तयारी भइरहेको बताए । निर्वाचनका लागि आवश्यक अन्य सामग्रीसँगै मतपत्र पनि जिल्ला पठाइने उनले बताए । वैशाख ५ भित्र मतपत्र छाप्ने काम सम्पन्न भए पनि नम्बरिङ र प्याकिङ गर्न थप केही दिन लाग्ने र त्यसपछि दुर्गम र हिमाली जिल्लामा मतपत्र पठाउन सुरु गरिने जानकारी प्रवक्ता शर्माले दिए ।

    आयोगले मतपत्र छाप्ने काम अन्तिम चरणमा पुर्याइरहेका बेला मतपत्रमा आआफ्नो दलको चुनाव चिह्न माग गर्दै नयाँ र साना दलले भने विरोध गरिरहेका छन् । २०७० को संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको माओवादीले पार्टी नेता सीपी गजुरेलको संयोजकत्वमा चुनावी मोर्चा बनाएर स्थानीय तहमा भाग लिने तयारी गरे पनि दलगत चुनाव चिह्न नपाएको भन्दै विरोध जनाएको छ । गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले विज्ञप्ति प्रकाशित गरी स्थानीय तह निर्वाचन खारेजीको माग गरेको छ । साथै उक्त कानुनका कारण प्रभावित हुन पुगेका अन्य पार्टी एवं संगठनलाई एकजुट भई अगाडि बढ्नसमेत मोर्चाले आह्वान गरेको छ ।

    बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले दलगत चुनाव चिह्न नपाउने भएपछि आइतबारदेखि विरोध प्रदर्शन गर्ने जनाएको छ । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा भट्टराईले पुराना पार्टीले नयाँ पार्टीलाई प्रतिस्पर्धामा आउन नदिन रातारात स्थानीय तह ऐन ल्याएको भन्दै त्यसको विरोधमा उत्रन आह्वान गरेका छन् । निर्वाचन आयोगमा दर्ता भएका १० दलले यसअघि नै मोर्चा बनाएर विरोध गर्ने निर्णय गरिसकेका छन् ।

    आयोगका एक उच्च अधिकारीले भने वैशाख ३१ गते निर्धारित निर्वाचनका लागि अब ऐनको प्रावधान सच्याएर अघि बढ्न नसक्ने दाबी गरे । ‘मतपत्र यताउति गर्ने हो भने अब वैशाख ३१ गते निर्वाचन सम्भव छैन । आयोगले ऐनको व्यवस्थाअनुसार मतपत्र छापेको कुरा सबै राजनीतिक दलले बुझेका छन् भन्ने हाम्रो विश्वास छ’, आयोगका ती अधिकारीले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

    हावाबाट पनि कोरोना सर्ने !

    ‘देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्छ’

    पाइँदैन आमाको नाममा नागरिकता, धेरै युवायुवती अनागरिक अवस्थामै

    कोरोना संक्रमण बढेपछि एचआईभी पीडितलाई चिन्ता

    सेनाले डीडीसीको उत्पादन प्रत्यक्ष किन्दा दूधको बजार विस्तार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

    मलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारीमलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारी

    लुम्बिनी प्रदेशमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

    मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की

    पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिकामा कोरोना संक्रमण पुष्टि

    कोरोनाका गम्भीर बिरामी बढे, २४ घण्टामा ८ को मृत्यु, १४८ आइसियूमा, ४३ को भेन्टिलेटरमा उपचार हुँदै

    इन्स्पेक्टर मन्दिप चौहान बने चैत महिनाको सर्वोत्कृष्ट प्रहरी

    अब ५ जना भन्दी मानिस सार्वजनिक स्थानमा भेला हुन नपाइने, विवाहमा २५ जना

    वैशाखभर विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

    नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    सहरी क्षेत्रका स्कुल, पार्टी प्यालेस र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑