सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ- बाग्लुङका १८ बर्षिया भिम सुनारले ‘ओशियन’ नामको गाडी निमार्ण गरेका छन् । उनले करिब एक महिना लगाएर बनाएको गाडी सार्वजनिक गरेका हुन् ।
काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै सुनारले भने अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनि गर्नु पर्थो, त्यो बेला डोजर बनाएर प्रदर्शन गरेको थिए ।त्यसपछि रोवर्ट र हेलिकप्टर बनाए, आज आएर ओशियन नामको चार पाँग्रे गाडि निमार्ण गरेको छु, यो केवल नमुना हो ।
’८० हजार लगानिमा गाडी बनाएका सुनारले ३ लाख खर्च गर्ने भने उत्कृष्ट गाडी बनाउन सक्ने बताएका छन् । उनले लगानीको अभावमा गाडीमा बाईकको ईन्जिन राखेको भएपनि ब्याट्रिबाट चल्ने गाडि बनाउने योजना रहेको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा