सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १९ ,काठमाडौं – कतारको नयाँ श्रम ऐन अब नेपाली भाषामा पनि पाइने भएको छ । सन् २०१६ मा आएको कतारको ऐनको प्रोफेसर मोहम्मद रमजान अलि मियाले नेपालीमा अनुवाद गर्नु भएको हो । नेपालीमा अनुवाद गरिएको पुस्तकको शुक्रबार कतारमा भएको नेपाली मुस्लिम समाज कतारको अधिवेसनमा विमोचन गरिएको छ । पुस्तकको विमोचन कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत मणि रत्न शर्मा , कतारको गृह मन्त्रालय अन्तरगतको सामुदायिक प्रहरी बिभागका उच्च अधिकारी अल वकिल अल दावित अब्दुल अजिज अल मुहन्नदी तथा कम्युनिटी बिभागका इन्चार्ज डा.मोहम्मद बहाउद्दिन, रास्ट्रिय मुस्लिम गठबन्धनका अध्यक्ष शमिम मिया अन्सारी र सांसद जाकिर हुसैनले बिमोचन गर्नुभयो ।
नेपालीमा अनुवाद गरिएको श्रम ऐनको पुस्तक कतारी राजदूतावास नेपालले प्रमाणित कपि छाप्ने भएको छ । पुस्तक प्रकाशनमा सहयोग गरेको भन्दै अनुवादक मियाले नेपालस्थित कतारी दूतावासलाई धन्यवाद दिनुभयो । अनुवादक अलि मियाले यस अघि सन् २००४ मा पनि कतारको श्रम ऐन अनुवाद गरि पुस्तक प्रकाशन गर्नु भएको थियो । काम गर्ने देशको श्रम ऐन नेपाली भाषामा प्रकासन भएपछि नेपालीलाई सहयोग पुग्ने उहाँको विश्वास छ । अनुवादक मिया मानव अधिकार समिति कतारको नेपाली प्रतिनिधिका रुपमा कार्यरत हुनुहुन्छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले... विस्तृतमा