• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख १, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री शाही

      विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

      म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

      नुवाकोटमा चौकी तोडफोड, दुई प्रहरी घाइते

      विकृतिजन्य गतिविधिको अन्त्य जरूरी: मुख्यमन्त्री राउत

      सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

      देशभर ८० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार हुँदै, थपिए ६०३ संक्रमित

      जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड

      राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

      देवघाटमा स्नान गर्नेको भीड

      प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ९ जना घाइते

      सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

      म्यानमारको सेनाले दुध बेच्न बजार गइरहेका नेपाली दम्पतीको गाेली हानि हत्या

      आनी छोइङ डोल्मा डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

      कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

    होमपेज /  पत्रपत्रिका

    प्रधानमन्त्री र मोर्चाबीचको सहमतिमा कांग्रेसको कडा आपत्ति

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १९, शनिबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    १९ चैत, काठमाडौं । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच व्यवस्थापिका संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकबाट सीमांकन हटाएर नयाँ संशोधन ल्याउने सहमति भएको छ । शुक्रबार बसेको सत्तारूढ–मोर्चा बैठकमा सीमांकन हटाएर नयाँ संशोधन विधेयक दर्ता गर्ने सहमति भएको हो ।

    सीमांकन हटाएर संशोधनको सहमति भए पनि संविधानको धारा २७४ खारेज गर्ने प्रधानमन्त्री र मोर्चाबीचको सहमतिमा भने कांग्रेसले कडा आपत्ति जनाएको छ । बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मोर्चाको यस्तो मागमा सहमत हुनै नसक्ने प्रस्ट पारेका हुन् । बैठकले सहमतिअनुसार संशोधनको मस्यौदा बनाउने र पारित गराउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताबीचको बैठकमा प्रधानमन्त्री दाहालले नै संशोधन मस्यौदा निर्माणसहित पारित गराउने जिम्मेवारी आफूलाई दिन प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार बैठकले उनलाई जिम्मेवारी दिएको हो ।

    बैठकमा सहभागी माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रदेशको सीमांकन हटाएर संविधान संशोधन गर्ने सहमति भएको र मस्यौदासहित सबै पक्षलाई मनाउने जिम्मा प्रधानमन्त्री दाहालले लिएको बताइन् । प्रदेशको सीमांकनका विषयमा आयोग गठन गरेर राजनीतिक सहमतिमा प्रदेश र केन्द्रको निर्वाचनअघि नै टुंग्याउने प्रधानमन्त्रीको प्रस्तावमा मधेसी मोर्चाका नेताहरू सहमत भएको भुसालको भनाइ छ । ‘प्रधानमन्त्रीले संविधान संशोधन विधेयक मधेसी मोर्चा, सत्तारूढ दलसँग छलफल गरेर तयार गर्नुहुन्छ,’ बैठकपछि भुसालले राजधानीसँग भनिन्, ‘मधेसी मोर्चाका नेताले गठन हुने आयोगको बनावटका विषयमा चासो राख्नुभएको छ ।’ प्रधानमन्त्री दाहालले बैठकमा प्रदेशको सीमांकन आयोग गठन गरेर केन्द्र र प्रदेशको निर्वाचनअघि नै टुंग्याउने, जनसंख्याका आधारमा तराई मधेसमा स्थानीय तहको संख्या थप्ने, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्व, नागरिकतालगायत विषयमा संविधान संशोधन गर्ने प्रस्ताव गरेका थिए ।

    प्रधानमन्त्रीको प्रस्तावमा सहमति जनाउँदै मधेसी मोर्चाका नेताले निर्वाचनमा सहभागी हुने बताएका छन् । मधेसी मोर्चामा आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीको प्रस्ताव पूरा भए मोर्चा निर्वाचनमा जाने बताए । ‘सरकारले हामीसँग बारम्बार सहमति गरेको छ, तर कार्यान्वयन भएको छैन, प्रधानमन्त्रीको प्रस्ताव कार्यान्वयन भए हामी निर्वाचनमा सहभागी हुन्छौं,’ बैठकपछि महतोले राजधानीसँग भने,

    ‘हामीले सहमति जुटाउने जिम्मा प्रधानमन्त्रीलाई नै दिएका छौं ।’ सीमांकनको हेरफेर आयोगबाट टुंग्याउन सहमति जनाएको मधेसी मोर्चाले संविधानको धारा २७४ भने संशोधन गर्नुपर्ने प्रस्ताव गरेको छ । मोर्चाले धारा २७४ को उपधारा ४, ५, ६ र ७ खारेज गर्नुपर्ने मागमा प्रधानमन्त्री दाहालले सहमति जनाएका छन् । यस्तै, राष्ट्रिय सभाको निर्वाचन मण्डलबाट नगरपालिका र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई हटाउनुपर्ने मधेसी मोर्चाको प्रस्ताव पनि प्रधानमन्त्री दाहालले स्वीकार गरेका छन् ।

    प्रधानमन्त्रीले संविधान संशोधनको प्रस्ताव ल्याउँदा यी विषयमा पनि संशोधन गरेर ल्याउने प्रतिबद्धता जनाएका हुन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा भने सहभागी नभएकाले लिखित सहमति हुन सकेन । तर, मधेसी मोर्चाका नेताले लिखित सहमति गरेर संविधान संशोधन गरिए स्थानीय निर्वाचनमा सहभागी हुने प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । स्थानीय तहको अधिकार कटौतीसहितको व्यवस्थामा प्रधानमन्त्री सहमत भएपछि कांग्रेसले भने आपत्ति जनाएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचनको वातावरण बनाउने विषयमा बैठकमा सहमति नभएको र प्रधानमन्त्रीले गरेका कतिपय सहमति मान्य नहुने प्रस्ट पारे ।

    ‘उहाँहरू (मोर्चा–प्रधानमन्त्री) सँगको बैठकमा सहमति हुन्छ कि भनेर आएका थियौं तर आजको छलफलमा त्यस्तो सहमति हुन सकेन, कुनै टुंगोमा पुग्न सकिएन,’ पौडेलले राजधानीसँग भने । उनले जुनै हालतमा भए पनि निर्वाचन ३१ वैशाखमै सम्पन्न गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई आफ्नो तर्फबाट स्पष्ट कुरा राखेको बताए । ‘३१ वैशाखमा चुनाव हुनैपर्छ, चुनाव सार्ने र गर्नै नसकिने प्रस्ताव पूरा गर्ने कुरामा हाम्रो सहमति छैन, हुन्न,’ पौडेलले भने ।

    राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले पनि कांग्रेसको अडानले सहमतिमा हस्ताक्षर नभएको बताए । ‘हामीबीच कुनै ठोस सहमति भएको छैन, हामीले प्रधानमन्त्रीलाई आफूले गरेको प्रस्तावअनुसार सहमति कार्यान्वयन गरेर देखाउनुस् भनेका छौं,’ झाले राजधानीसँग भने । अाजकाे राजधानी दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बालबालिकामा कोरोनाः अभिभावकले स्कूल पठाउन छाडे, कतिले आफैं विद्यालय बन्द गरे

    कोरोना बढेपछि भारतमा कडाई हुँदा नेपाल हुँदै अन्य मुलुक जाँदै भारतीय

    सरकारको अनुमान सही साबित हुँदै

    हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना, सुदूरमा नयाँ भेरियन्ट

    वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि रेमिट्यान्स बढ्यो

    रेशम चौधरीलाई माफी दिन सरकारले प्रक्रिया अघि बढायो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री शाही

    विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

    म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

    नुवाकोटमा चौकी तोडफोड, दुई प्रहरी घाइते

    विकृतिजन्य गतिविधिको अन्त्य जरूरी: मुख्यमन्त्री राउत

    प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ९ जना घाइते

    आनी छोइङ डोल्मा डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

    कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

    टेकु अस्पतालमा कोभिडको मात्र उपचार हुने

    कोरोना संक्रमणबाट मंगलबार थप ५ जनाको मृत्यु, थपिए ५१७ नयाँ संक्रमित

    राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री शाही

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

    क्रिप्टोकरेन्सी : २० खर्ब डलरको विश्व बजार

    डब्लुएचओले भन्यो : यसकारण जीवित जंगली जीवजन्तु नबेच्नू

    जिरी–चरिकोट सडकको ६६ प्रतिशत काम सम्पन्न

    सुनचाँदीको मूल्य घट्यो

    सेतोखबर बिशेष

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले...  विस्तृतमा

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    २०७८ सालको बिदाको सूची सार्वजनिक, जातीय पर्वको दिन पनि बिदा (सूचीसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑