सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १८ ,महोत्तरी : भूकम्पपीडितसँग घुस लिने नापी सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ५ घर भएर सोही नगरपालिकामा कार्यरत ३२ वर्षीय नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठलार्इ २२ हजार पाँच सय घुससहित अख्तियार दुरुपयोग अनुसन्धान अयोग मध्यमाञ्चल बर्दिवासको टोलीले पक्राउ गरेको थियो ।
एसपी राजकुमार लम्सालको नेतृत्वमा सेवाग्राहीको उजुरीको आधारमा पुगेको अख्तियारको टोलीले नापी सर्वेक्षक श्रेष्ठलाई रंगेहात पक्राउ गरेको हो । नापी सर्वेक्षक श्रेष्ठले भूकम्पपीडितसँग घर बनाउदा नक्सामा बाटो देखाउनका लागि घुस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा