सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १८ चैत । नेपालका लागि एडिडास ब्रान्डका जुत्ताहरुको आधिकारिक बिक्रेता रुट्स फेशन प्रालिले आफ्नो ‘रिफ्रेश योर गियर’ पुनः सञ्चालनमा ल्याएको छ ।
यो योजना अन्तरतग कुनै पनि ब्रान्डका लगाउन योग्य पुरानो जुत्ताको सट्टामा एडिडास ब्रान्डका जुत्ता खरिद गर्दा २ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म छुट पाउनेछन् । जस अन्तरगत ७ हजार रुपैयाँसम्मको जुत्ता खरिदमा २ हजार र सोभन्दा माथीको किन्दा ३ हजार रुपैयाँसम्म छुट उपलब्ध गराएको छ ।
यस अघिका वर्षहरुमा सञ्चालन गरिएका यसै योजना अन्तर्गत सङ्कलित पुराना तर लगाउन योग्य जुत्ताहरु रुट्स फेशनले ‘कर्णाली ग्रामीण प्रवद्र्घन तथा सामाजिक विकास पार्क’, ‘माईती नेपाल’ र ‘न्यानो संसार’ लाई हस्तान्तरण गरेको थियो । यस वर्ष भने कम्पनीले एक्सचेन्ज योजना अन्तर्गत संकलित पुराना जुत्ताहरु हरि रोकायालाई प्रदान गरिने छ । हरि रोकाया पश्चिम नेपालमा युवाहरु माझ खेलकुदमा सक्रिय रहेका छन् । साथै उनी गिनिज बुक अफ वल्ड होल्ड पनि हुन ।
यो योजना चैत १९ गेतबाट शुरु भई एक महिनासम्म चल्नेछ योजना पुरुष तथा महिला स्पोर्टस जुत्ता बाहेकका अन्य जुत्ताहरु मात्र साटिने छ । तर चप्पल, हिल जुत्ता, छालाका जुत्ता, बच्चाका जुत्ता तथा लगाउन नमिल्ने जुत्ता भने नसाटिने कम्पनीले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा