सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१८ चैत ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा गए सकारात्मक काम गरेर तहल्का मच्चाउने दाबी गरेका छन्। एमालेको स्कुल विभागले लतिलपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बिहीबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । उनले एमालेको बलियो संगठनसहित पूर्णकदको राजनीति देखेर सत्तासिन दलहरु आत्तिएको समेत आरोप लगाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्र एमालेको ससक्त संगठन देखेर आत्तिएको आरोप लगाए । उनले भने,“ एमाले एक्लै एक दुई जनाले खोलेको पार्टी जस्तो होईन ।” कांग्रेसको केन्द्रीय समिति बैठकमा समेत एमालेलाई कसरी तह लगाउने भन्ने विषयले चर्चा पाएको भन्दै उहाले एक्लै एक दुई जनाले खोलेको पार्टी जस्तो एमाले नभएको बताए ।
राम्रा नीति र कामले जनतामा राम्रो छवि बनाउन सफल भएकाले एमाले सबैको इष्र्याको केन्द्र बनेको र त्यो स्वभाविक भएको उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू सरकारमा रहँदा र बाहिर रहँदा दलहरुले भिन्न भिन्न ढंगले लोकतन्त्रको परिभाषा गर्ने गरेको भन्दै उनले एमालेले भने त्यसो नगर्ने बताए । एमाले विश्वव्यापी मान्यता अनुसार लोकतन्त्रको मूल्य र मान्यता अनुसरण गर्दे अघि बढ्ने तर, कसैको अनुकरण नगर्ने ओलीले बताए । हाउभाउसहित माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डतर्फ इंकित गर्दे उनले आफूहरुले कहिल्यै अनुकरण नगर्ने दाबी गरे । एमाले सरकारमा गए सकारात्मक काम गरेर मुलुकमा तहल्का मच्चाउने उनको दाबी छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा