सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र १६ –अभिनेत्री रेखा थापाको पछिल्लो चलचित्र ‘पलास’ बालबालीकाले हेर्न नपाउने भएका छन् । मंगलबार चलचित्र सेन्सरबोडले चलचित्र सेन्सर गर्दै बालबालीकाको लागि रोक लगाएको हो । सेन्सरले चलचित्रको सम्बाद एडल्भ भन्दै बालबालीकाको लागि रोक लगाएको निर्मात्री कृषा चौलागाइ बताएकी छन् ।
उनले भनिन् ‘केहि संवादका कारण आफ्नो ‘पलास’लाई सेन्सरले एडल्ट सर्टिफिकेट थमाएको छ ।’ रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया लगायतको अभिनय रहेको चलचित्र १६ बर्ष तलका बालबालिकाको लागि रोक लागेको हो । नायिका रेखा थापा अधिकांश चलचित्रमा एक्सन अवतारमा देखिदै आएकी छिन् । तर शिक्षिकाको भुमिकामा देखिएको चलचित्र भने एडल्भ साबित भएको छ । उनको यो चलचित्रमा कल गर्लको समेत भूमिका रहेको बुझिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा