सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १६ चैत । चर्चित मेनपावर व्यवसायी प्रेम कटवाल जेल चलान भएका छन् । फेसबुकमा साथी बनाई उपहार पठाउने नाममा ठगी गरेको आरापेमा उनी जेल चलान भएका हुन् । जिल्ला अदालत काठमाडौंले गत शुक्रबार उनलाई पुपक्र्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
उनीसहित आठ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेकोमा २ जना साधरण तारेखमा छुटेका छन् भने अन्य ५ जना धरौटीमा छुटेका छन् ।
फेसबुकमा साथी बनी गिफ्टको प्रलोभनमा पारी २४ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए । गिफ्टका लागि भनेर लिइएको पैसा कटवालको खातामा जम्मा भएको थियो । उनको खातामा स्रोत नखुलेको करिब ८० लाख रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध फेसबुकमा चिनजान भएका लन्डनका साथीहरूले नै ती युवतीलाई पनि उपहार पठाएको बताएका थिए । सोही गिरोहका अन्य व्यक्तिले भारतबाट फोन गर्दै उपहार आइपुगेको र त्यसका लागि शुल्क लाग्ने भन्दै पैसा लिएर ठगेका हुन् । वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत रहेका कटवालले भने त्यसमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका छन् । तर, उनको खाता प्रयोग भएकाले उनलाई पक्राउ गरी प्रहरीले ठगी मुद्दा चलाएको हो । स्काई मेनपावरका संचालक कटवालले भने ठगीमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका थिए ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा