सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत १६ । पाँचपटकको च्याम्पियन ब्राजिल सन् २०१८ को रुस विश्वकप फुटबलमा छानिने पहिलो टिम बनेको छ ।
बुधबार बिहान भएको खेलमा पाराग्वेमाथि ३–० को स्पस्ट जित हासिल गर्दै ब्राजिल विश्वकपमा छानिने पहिलो टिम बनेको हो ।
ब्राजिललाई जिताउन फिलिप कौटिन्हो, नेइमार र मार्सेलोले एक–एक गोल गरे ।
दक्षिणी अमेरिकी समूहमा सहभागी १० टोलीमध्ये १४औं चरणको खेलसम्म ३३ अंकसहित शीर्ष स्थानमा रहेको ब्राजिल चार खेलअघि नै विश्वकपमा छानिएको हो ।
यो समूहमा दोस्रो स्थानको कोलम्बियाको २४, तेस्रो स्थानको उरुग्वेको २३ तथा चौथो स्थानको चिलीको पनि २३ अंक नै छ । चार टोली विश्वकपमा छानिँदा पाँचौं टोलीले प्लेअफ खेल्न पाउनेछ ।
हाल २२ अंकसहित दुईपटकको च्याम्पियन अर्जेन्टिना पाँचौं स्थानमा छ ।
अर्जेन्टिनी कप्तान लिओनल मेसी चार अन्तर्राष्ट्रिय खेल प्रतिबन्धमा परेपछि पीडामा रहेको अर्जेन्टिना बुधबार बिहान बोलिभियासँग २–० ले पराजित भएपछि कमजोर बनेको हो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा