सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने विश्वका खेलाडीको सूचिमा शीर्ष १० मा पर्न सफल भएका छन् ।
मंगलबार राती स्वीडेनविरुद्धको खेलमा गोल गर्दै उनी शीर्ष १० स्थानमा पर्न सफल भएका हुन् ।
रियल म्याड्रिडका स्टारले गत हप्ता हंगेरीविरुद्ध २ गोल गर्दै ७० औँ गोल पूरा गरेका थिए भने मंगलबार स्वीडेनविरुद्धको मैत्रिपूर्ण खेलमा गोल गर्दै गोल संख्या ७१ पुर्याएका छन्
यो उनले राष्ट्रिय टिमबाट गरेको ७१ औं गोल थियो । खेलमा पोर्चुगल ३–२ ले पराजित भएपनि रोनाल्डो राष्ट्रिय टिमबाट ७१ गोलसहित राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा १० खेलाडी भित्रको सूचिमा पुगेका हुन् । रोनाल्डो ऐतिहासिक बरियताको नवौं स्थानमा छन् ।
रोनाल्डोले राष्ट्रिय टिमबाट ७१ गोल गर्ने क्रममा तीन पटक ह्याट्रिक गरेका छन् भने एक खेलमा चार गोल गरेका छन् । यस्तै उनले १२ खेलमा दुई गोल गरेका छन् । बाँकी ३४ गोल एक खेलमा गरेका एक गोल हुन् । यो सूचिमा अर्जेन्टिनाका मेस्सी भने छैनन् । मेस्सीले अहिलेसम्म ५८ गोल गरेका छन् ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा