सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १५ ,सिन्धुली । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ‘प्रधानमन्त्रीले तयारीबिना चीन भ्रमण गरेकाले’ भ्रमण उपलब्धिविहीन भएको बताएका छन् । बुधबार महोत्तरीमा हुने २ नं प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा आज आयोजना गरेको भेटघाटका क्रममा उनले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएका सम्झौताको पूर्ण कार्यान्वयन नहुँदा चीन नेपालप्रति सन्तुष्ट नभएको विचार व्यक्त गरे ।
अर्को प्रसङ्गमा उहाँले निर्वाचन सफल हुन लागिरहेका अवस्थामा सबै दललाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै जनताको संविधान कार्यान्वयनको पाटो स्थानीय तहको निर्वाचन भएकाले लोकतान्त्रिक विधि र प्रक्रियामा आएर सबैले चुनावी प्रक्रियामा भाग लिनुपर्ने बताए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा