सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र १५–एनआइसी एसिया बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आज देखि ०७४ बैशाख १९ गतेसम्मका लागी विक्री खुल्ला गरेको छ । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
बैंकको २६ औँ वार्षिक साधारणसभाबाट पारित भएबमोजिम बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन सुरु गरिएको हो । बैंकले गत आर्थिक वर्षको कमाईबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । जसपश्चात् बैंकको चुक्तापुँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यसको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन गत वर्ष पनि २५ प्रतिशत हकप्रद निष्कासन गरेको थियो ।
बैकको सम्पुर्ण हकप्रद शेयर निष्काशन तथा विक्रीको प्रबन्ध गर्ने जिम्मा सिभिल क्यापिटल लिमिटेडले पाएको छ । शेयर आवेदन दिनको लागी एनआइसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा विक्री प्रबन्धकको कार्यालयबाट हकप्रद खरिदका लागि आवेदन बुझाउन सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा