सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत १५ । बंगलादेशमा जारी इमर्जिङ टिम्स कप क्रिकेटको दोस्रो खेलमा अहिले नेपालले आयोजक बंगलादेशको सामना गरिरहेको छ ।
टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि घरेलु टोलीले ब्याटिङ गरिरहेको छ । उसकै मैदानमा बंगलादेशको २३ वर्ष मुनिको राष्ट्रिय टोलीलाई हराउनु नेपालको लागि निकै चुनौतीपूर्ण छ ।
पहिलो दिन बंगलादेशले पनि हङकङलाई ८ विकेटले हराएर विजयी सुरुआत गरिसकेको छ । समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । जवाफमा पाकिस्तानले ४५.१ ओभरमा ४ विकेट गुमाउँदै जितका लागि आवश्यक रन जोडेको थियो ।
नेपालले समुहको अन्तिम खेलमा यही बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ए मा भारत, श्रीलंका, अफ्गानिस्तान र मलेसिया रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा