सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १४ -सलमान खान तथा कपिल शर्मा एकअर्काका राम्रा साथी हुन्। उनै मित्रलाई सलमानले आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्न सुझाव दिएका छन्। सलमानले हालै कपिलले द्वारा आफ्ना सहकर्मी कलाकारलाई दुर्व्बहार गरेको घटनाप्रति इंगित गर्दे सुध्रन भन्दै यस्तो भनेका हुन्।
कपिलले आफ्नो चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा डा. मशहुर गुलाटीको भूमिकामा देखिने गरेका कलाकार सुनिल ग्रोभरमाथी प्लेनमा रक्सीले मातिएर हातपात गरेका थिए। घटना पश्चात उनले शो छाडेका छन्।सलमानले एक अन्तरवार्ताका दौरान कपिलसँग जोडिएको प्रश्नको उत्तर दिने क्रममा सम्हालिएर चल्नुपर्ने बताएका थिए।
आफ्नो स्टारडममाथी नियन्त्रण राख्नु असाध्यै महत्वपूर्ण हुन्छ। म आज आफ्नो करियरको यस्तो स्थानमा छु जहाँ मानिसहरू मेरो होमा हो मिलाउँछन्। यस्तोमा मलाई पनि सहि गर्दैछु कि गलत भन्नेमा शंका रहनेगरेको छ। यसैले म मेरो परिवार र साथीहरूको कुरा सुन्ने गर्छु। उनीहरूले नै मलाई मेरो धरातल राखिदिने गर्छन्। मलाई हावामा उड्न दिदैनन्’, सलमानले भने।त्यस्तै सलमानले आफू सानोसानो कुरामा खुशी हुने गरेको तर परिवारले आफूले गल्ती गरेको या नगरेकोमा सल्लाह दिने गरेको बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा