सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र १३- डाट्सन गाडीका लागि नेपालमा आधिकारिक विक्रेता पायनियर मोटोकर्पले ‘आज किनौँ पछि तिरौँ’ अफर ल्याएको छ।
नेपालमा डाटसन रेडी गो शुरुवात देखिनै आफ्नो खण्डमा विजेताको रुपमा स्थापित रहेको कम्पनीको भनाई छ । आकर्षक वनावट, उत्कृष्ट स्टाइलिङ्ग र बेजोड मूल्यको सम्मिश्रणले गर्दा डाटसन रेडी गो एक उत्कृष्ट कारको रुपमा स्थापित हुन सफल भएको कम्पनीको दाबी छ ।
गाडीमा खरिदकर्ताले १० हजार ९ सय ७ रुपैयाँ मासिक रकम (व्याज र साँवाको हिस्सा) बुझाउनेगरी ३० प्रतिशत रकम पहिले भुक्तानी गरे पुग्नेछ। व्याजदर ७. ९९ प्रतिशतमै कर्जा पाउने कम्पनीले जनाएको छ। त्यस्तै आकर्षक नगद छुट, पुनः विक्री सुविधा, निशुल्क बिमा, निशुल्क सडक रक, फ्रि एसेसरिज, ३ वर्ष वारेन्टी र ३ वर्ष निशुल्क सर्भिसिङ सेवा पनि पाउने बताइएको छ।
स्मल कार अफ दि ईयर फ्लाईह्वील अटो अवार्डमा इन्ट्रि लेभल, इण्डियाडटकममा वेस्ट स्मल ह्याच ब्याक, भिक्की डट इन पिपुल्स च्वाइस कार एण्ड बाइक अवार्डमा ह्वाचब्याक अफ दि ईयर, भ्यालू फर मनी प्याकेज गाडीवाडी डटकममा रिडर्स च्वाइस, एनडिटिभी कारमा वेस्ट ब्राण्ड एम्बेसडर अफ दि ईयर र बाइक र स्मल कार अफ दि ईयरमा एनडिटिभी कार एण्ड बाइक अवार्ड २०१७ को विजेताको रुपमा डाटसन रेडी गो सम्मानित भईसकेको कम्पनीले जनाएको छ । यिनै सम्मानको खुसीयाली मनाउन अहिले विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा