सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १३ चैत्र। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशका अपराधीहरुले देशलाई समृद्ध हुन दिन नचाहेको आरोप लगाएका छन्। उनले दुई नम्बर प्रदेशमा राजनीतिको नाममा क्रिमिनल (अपराधि)हरु सक्रिय रहेको आरोप लगाए।आईतबार पार्टी मुख्यालय धुम्बाराहीमा हालै मनोनयनमा परेका केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।
उनले भने, ‘दुई नम्बर प्रदेशमा राजनीतिको नाममा क्रिमिनलहरु सक्रिय छन् । उनीहरु देशलाई समृद्ध हुन चाहँदैनन्, लोकतान्त्रिक प्रक्रियामा सभा तथा भेला गर्न दिँदैनन् ।’उनले आपराधिक मानसिकता बोकेकैहरुले विगतमा गौर र सप्तरी जस्ता हत्याकाण्ड गराएको दाबी गरे । उनले एमालेको नीति, विचार र सिद्धान्त ठीक भएको भन्दै स्थानीय तहको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा