सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत १३–सरकारले स्थानीय तहको निर्वाचनको तयारी गरिरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बिथोल्ने पोष्टर सार्वजनिक गरेको छ ।बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको चुनाव सफल पार्न निर्वाचन आयोगले तयारी गरिरहँदा बिप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले भने चुनाव विथोल्ने तयारी थालेको हो ।
सो पार्टीले स्थानीय तहको चुवाव खारेज गरौं, शान्ति, समानता, स्वाधिनता र समृद्धीका लागि बैज्ञानीक समाजवाद स्थापना गरौं भन्ने नाराका लेखिएको पोष्टर सडकमा भित्तामा टाँस्न शूरु गरेको पाइएको छ ।पोष्टरमा मतपेटिकामा आगो लगाइएको चित्र समेत राखिएको छ ।सरकारले घोषणा गरेको निर्वाचन दलालहरुको सत्ता टिकाउनका लागि भएकोले यो चुनाव नेपाल कम्युनिष्ट पार्टीले खारेज गर्ने प्रवक्ता खड्गबहादुर विक प्रकाण्डले जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै उनले भने–“यो चुनावको मख्सद नै राष्ट्र र जनतालाइै धोका दिनु हो, हामी यो चुनावको विरुद्धमा जनतालाई अपिल गर्छौँ, जनपरिचालन गरेर चुनाव खारेज गर्छौँ ।”
उनले आफ्नो पार्टीको तत्कालको राजनीतिक नीति नै स्थानीय तहको निर्वाचन खारेज गर्ने रहेको बताए । पोष्टर टाँसेर चुनाव विरोधी गतिविधी थालेको नेपाल कम्युनिष्ट पार्टीले जनप्रर्दशनका कार्यक्रम सहित निर्वाचन बिथोल्ने अभियान अघि बढाउने भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा