सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं : २०१८ को विश्वकप छनोट खेलमा पोर्चुगल विजयी भएको छ भने वेल्जियम बराबरीमा रोकिएको छ । युरोपियन क्षेत्रको शनिबार राती भएको छनोट खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले पराजित गर्यो । त्यसैगरी वेल्जियम नौ खेलाडीमा सीमित भएको ग्रीससँग १-१ को बराबरी खेल्यो ।छनोट खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । खेलको ३६ औं र ६५ औं मिनेटमा टोलीका लागि दुई गोल गरेका रोनाल्डोले राष्ट्रिय टोलीका लागि गरेको गोलको सङ्ख्या ७० पुर्याएका छन् । यो सङ्ख्या पछि रोनाल्डो युरोपिन देशमा राष्ट्रिय टिमबाट सर्वा्धिक गोल गर्ने खेलाडीको सूचीमा चौथो स्थानमा उक्लिएका छन् ।
वेल्जियम र ग्रीस बराबरीछनोट अनतर्गत नै राति भएको अर्को खेलमा बेल्जियम र ग्रीस बीचको खेल १-१ को बराबरीमा टुङ्गिएको छ । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफको सुरुवातमै मिट्रोग्लोउलको गोल मार्फत ग्रीसले खेलमा अग्रता बनाएको थियो । खेलको ८९ औं मिनेटमा बेल्जियमका लामेलु लुकाकुले बेल्जियमका गोल गरेपछि खेल बराबरीमा सकिएको थियो ।
६५ औं मिनेटमा टाचट्सिडिस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ग्रिस १० खेलाडीमा सीमित भयो । इन्जुरी समयमा जाभेलास दोहोरो पहेँलो कार्ड खाँदै मैदान छोड्न बाध्य भएपछि खेल सकिने बेलामा ग्रीस ९ खेलाडीमा सीमित भयो ।राति नै भएको खेलमा अन्य खेलमा बोसनिया हर्जगोभिनाले जिब्रालटारलाई ५-० ले हरायो । साइप्रस र इस्टोनियाले गोलरहित बराबरी खेले ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा