सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले एकताबद्ध नभएमा राजनीतिक इकाईका रुपमा युरोप नरहने भन्दै रोममा भेला भएका २७ इयु राष्ट्रप्रमुखलाई चेतावनी दिएका छन्।
ब्रिटेन बाहेक २७ देशले युरोपेली संघ स्थापना गरेको सन् १९५७ को रोम सन्धिलाई पालना गर्ने नयाँ घोषणामाथि हस्ताक्षर गरेका छन्।
युरोपेली परिषद्का प्रमुख यँ-क्लड युंकरले अगाडि बढ्ने बाटोमा नयाँ सकारात्मक भावनाको चर्चा गरे।
सन् १९५७ को मार्च २५ तारिखमा रोम सन्धिमाथि ६ देशले हस्ताक्षर गरेको स्थान क्यापिटलाइन हिलमा २७ नेताले एकताको घोषणामाथि हस्ताक्षर गरेका छन्।
इयुबाट ब्रिटेन बाहिरिन लाग्दा ब्रिटिश प्रधानमन्त्री टरिजा मे त्यो समारोहमा उपस्थित छैनन्।
मेले आगामी बुधबार ब्रिटेनको बहिर्गमनको प्रक्रिया शुरु गर्ने योजना रहेको छ।
युरोपेली संघले ब्रिटेनको बहिर्गमन र लोकप्रियतावादी दलहरुको उदय जस्ता चुनौतीहरुको सामना गरिरहेको समयमा त्यस्तो उल्लासपूर्ण शिखर सम्मेलन आयोजना गरिएको छ।
थुप्रै सदस्य राष्ट्रमा इयुको समर्थनमा र विरोधमा प्रदर्शनहरु गरिंदै छन्।
लण्डनमा ब्रिटेनको बहिर्गमनविरुद्धको जुलुसमा भाग लिन हजारौं भेला भएका छन् र पोलण्डको राजधानी वार्समा इयुसँग ऐक्यबद्धता जनाउन हजारौं मानिस सडकमा उत्रेका छन्।
तर रोममा इयुमाथि शंका गर्ने फ्रातेली डी इटालिया पार्टीले ‘इयुभित्रका असमान व्यापार सम्झौता’विरुद्ध जुलुस आयोजना गरेको छ।
बुधबार लण्डनमा आतंकवादी आक्रमण भएयता इटलीको राजधानीमा सुरक्षा व्यवस्था कडा गरिएको छ।
शिखर सम्मेलन हुनु अगाडि पोप फ्रान्सिसले ती नेतालाई भ्याटिकनमा स्वागत गरेका थिए।
भविष्यतिर नहेरेमा जुन पनि संस्था मर्न सक्ने भन्दै उनले इयुलाई नयाँ उत्साहका साथ अघि बढ्ने आह्वान गरे।
‘आफूलाई एक्ल्याउन खोज्ने लोकप्रियतावादीहरुले दिएको सुरक्षाको झूटो आश्वासन’विरुद्ध चेतावनी दिंदै उनले अझ बढी एकताका लागि आह्वान गरे।
सन् १९५७ को रोम सन्धिमा बेल्जियम, फ्रान्स, इटली, लक्जमबर्ग, द नेदर्ल्याण्ड्स र वेस्ट जर्मनीले हस्ताक्षर गरेका थिए।
इयु ६० वर्ष पुगेको उपलक्ष्यमा बधाई सन्देश पठाउने देशमध्ये संयुक्त राज्य अमेरिका पनि एक थियो।
बीबीसीका युरोप संवाददाता डामिएन ग्रामटिकस भन्छन्, नयाँ घोषणामा २७ देशले त्यो संघ जारी राख्ने ईच्छाको पुनर्पुष्टि गरेका छन् तर त्यसका लागि धेरै चुनौती छन्।
ब्रिटेनको बहिर्गमन उक्त संघको अहिलेसम्मकै ठूलो असफलता हो र एकताबद्ध रुपमा अघि बढ्ने बाटो खोज्न युरोपका नेताहरु संघर्ष गरिरहेका छन्।विविसी
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा