सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेरुत, १२ चैत । सिरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने इडलिबमा रहेको एउटा कारागारमा भएको हवाई हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । विद्रोहीले नियन्त्रणमा लिएको सो कारागारमा रातभरी हमला भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले शनिबार जनाएको छ । मृत्यु हुनेमा जेलर, जेलका सुरक्षा गार्ड पनि रहेका छन् ।
राष्ट्रपति बसर अल असदको सरकारलाई सहयोगका लागि रसियाले पठाएको यद्धक विमानले आक्रमण गरेको विश्वास गरिएको छ । इडलिब शहरमा यसअघि पनि यस्तै प्रकारका आक्रमणहरु हुँदा अरु धेरै जनाको मृत्यु भएको छ । सिरियामा छ वर्ष अगाडिदेखि सुरु भएको सरकार विरोधी हिंसात्मक द्वन्द्वका कारण अहिलेसम्म झन्डै तीन लाख २० हजार जना मारिएका छन् । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा