सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौँडा, १२ चैत । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई हल गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न मधेसवादी दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री थापाले आज राप्रपा मकवानपुरद्वारा उहाँकै सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तह निर्वाचनलगत्तै केन्द्र र प्रदेशको निर्वाचन गरी बाह्य हस्तक्षेपलाई निष्प्रभावी बनाउन प्रमुख राजनीतिक दलहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले मुलुकमा राजनीतिक स्थायित्वका साथसाथै आर्थिक समृद्धिका लागि राप्रपाले अरु दलसँग सहकार्य गर्ने समय आएको पनि बताउनुभयो ।
सो कार्यक्रममा राप्रपाका भूपू केन्द्रीय सदस्य मधु अधिकारी र राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले प्रमुख दलहरुले मधेसवादी दलसँग आपसी समझदारी कायम गर्दै दुई दशकदेखि स्थगित भएको स्थानीय निर्वाचनलाई सफल पार्नुपर्ने बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा