सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१२ चैत्र, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन नभई निर्वाचन असंभव रहेको बताएका छन् ।गृह जिल्ला भ्रमणमा आएका महतोले शनिबार मलंगवामा आयोजित पत्रकार सम्मेलनमा जबर्जस्ती गरे मुलुक द्वन्द्वमा जाने चेतावनी दिए ।जनता अधिकारको आन्दोनमा होमिएका बेला जबर्जस्ती नगर्न उनले तीन ठूला दललाई आग्रह गरे । ‘त्रुटिपूर्ण संविधान बनाउने मुख्य तीन दलले नै त्रुटि सच्याउनु पर्छ,’ उनले भने, ‘मनसाय ठीक छ भने केही दिनमै संविधान संशोधन गरेर तोकिएकै मितिमा निर्वाचन हुन सक्छ ।’
उनले वर्तमान सरकारले काम गर्छ कि भनेर समर्थन दिए पनि धोका पाएको उल्लेख गरे । जनतालाई अधिकार दिलाउन आफूहरु जुटेको उनले बताए । ‘लोभीलाई लोभ देखाउने र नमान्नेलाई दवाव दिइएको छ,’ उनले भने, ‘तर, अब हामी लिखित सम्झौताको नाममा जालझेलमा पर्दैनौं । अब काम नै हुनुपर्छ ।’उनले मधेसलाई छाडेर जबर्जस्ती हुने निर्वाचनले अन्तर्राष्ट्रिय मान्यता पनि नपाउने जिकिर गरे । नयाँ सम्झौता हुने भन्ने हल्ला निराधार रहेको उनले स्पष्ट पारे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा