सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१२ चैत, बिराटनगर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संविधान संसोधनका विषयमा गरेको सैद्धान्तिक सहमतिलाई तत्काल कार्यान्वय गरेमा आफूहरु स्थानीय तहको निर्वाचनमा भाग लिने बताएका छन् ।नेता ठाकुरले सीमांकनलाई थाती राखेर अन्य विषयमा संशोधनबारे कुरा आइरहेकेा भए पनि सहमति भने भइनसकेको जानकारी दिए ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका अध्यक्ष ठाकुरले संविधान संसोधन नगरी निर्वाचन गरिए आफुहरुले निर्वाचन वहिष्कार गर्ने बताए ।
सरकारले ओठे आश्वासन मात्रै दिने गरेको भन्दै अध्यक्ष ठाकुरले विगतमा मधेसी मोर्चासँग भएको सहमति कार्यान्वय गरेमा चुनावमा भाग लिने बताए ।तमलोपा जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संविधान संसोधनबारे लिखित र मौखिक सहमति भन्दा पनि कार्यरुपमा नआएसम्म आफुहरु निर्वाचनमा सहभागी नहुने बताए ।सीमांकनसहित नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्वका साथै जनसंख्याका आधारमा स्थानीय तह बढाउनुपर्ने आफुहरुको मागलाई सरकाले तत्काल सम्वोधन गर्नुपर्ने अध्यक्ष ठाकुरको भनाइ थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा