सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,११ चैत । प्रभु बैंक ले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले १० कित्ता बराबर ४ कित्ता अनुपातको शेयर निष्काशन गर्न लागेको हो ।
बिक्री प्रवन्धक नियुक्तीको सम्झौंतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनसिएमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकको १५औं साधारणसभाले चुक्ता पूँजीको ४० प्रतिशतले हुने २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर निष्काशनको निर्णय गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा