सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा : धनुषा प्रहरीले नलकटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।बिहीबार प्रहरीले गणेशमान चारनाथ–९ लवटोलीबाट भारत मधुवन बिहार बस्ने २६ वर्षीय शत्रुघन यादव र २५ वर्षीय रविन्द्र यादवलाई पक्राउ गरेको हो।
प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार विआर ३२ के १६९५ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त पेस्तोल र गोली बरामद गरेको हो।हतियारसहित पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी हातहतियार खराजाना ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा