सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, चैत ९क्लब फुटबलको व्यस्त खेल तालिकाबाट केही समयका लागि विश्राम लिँदै बार्सिलोनाका’सुपरस्टार लिओनल मेस्सी देशका लागि खेल्न अर्जेन्टिना फर्केका छन् । र, उनी प्रशिक्षममा’सक्रिय भएका छन् ।विश्व कप छनौटअन्तर्गत बिहीबार अर्जेन्टिनाले पछिल्लो समय आफ्ना लागि घातक बन्दै’गइरहेको चिलीसँग प्रतिस्पर्धा गर्दैछ । चिली त्यही देश हो, जसले गत सिजनको कोपा’अमेरिकामा उपाधि चुम्ने अर्जेन्टिनाको सपनालाई फाइनलमा चकनाचुर पारेको थियो ।
करिब एक वर्षपछि अर्जेन्टिना पुनः चिलीसँग खेल्दैछ । यो खेल पनि अर्जेन्टिाका लागि निकै’महत्त्वपूर्ण मानिएको छ । यदिन चिलीसँग पराजय भोगेको खण्डमा अर्जेन्टिनाको आगामी’विश्वकप छनौटको यात्रा निकै कठिन हुनेछ ।त्यसैले गत सोमबारदेखि ब्युनोज आयर्समा सुरु भएको अभ्यास सत्रमा मेस्सी निकै सक्रिय भएका’छन् । अर्जेन्टिनी टिमको कप्तानसमेत रहेका मेस्सीलाई राष्ट्रका लागि क्लबजस्तै राम्रो खेल’प्रदर्शन नगरेको आरोप लाग्दै आइरहेको समयमा उनका लागि यो खेलले निकै ठूलो अर्थ राख्ने छ ।
मंगलबारको अभ्यासमा उनी च्याम्पियन्स लिगका आफ्ना दुई प्रतिद्वन्द्वी क्लब म्यानचेस्टर’सिटी र पेरिस सेन्ट जर्मनी (पिएसजी) का खेलाडीद्वय सर्जियो अगुइरो र एन्जल डि’मारियासँग रमाइलो गर्दै गरेको अवस्थामा देखिएका थिए यसपटक अर्जेन्टिनाको प्रशिक्षण सत्रमा एजेक्विल लाभेजी पनि उपस्थित भएका छन । त्यस्तै,जाभियर मास्चेरानो र गोन्जालो हिग्विन पनि प्रशिक्षणमा हाजिर छन् ।
अर्जेन्टिना हाल दक्षिण अमेरिकी छनौटमा अंक तालिकाको पाँचौ स्थानमा छ । यस क्षेत्रबाट’शीर्ष चार टोली सीधै विश्व कपमा समावेश हुने नियम छ ।तर, पाँचौ टिमले भने ओसियाना क्षेत्रको च्याम्पियनसँग प्लेअफ् खेल खेल्न पाउनेछ । यदि उक्त’खेल जिते मात्रै त्यो टिमले विश्वकप खेल्न पाउने छ ।यस्तो अंकगणितको अवस्थामा अर्जेन्टिनालाई चिलीसँगको खेल जित्नैपर्ने दबाब छ । यदि चिलीले’यो खेल जिते अर्जेन्टिानको विश्वकपको यात्रा धेरै टाढाको कुरा बन्ने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा