सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ – चिनियाँ सरकारको मुखपत्र मानिएको ग्लोबल टाइम्सले भारतले दक्षिण एसियाली राष्ट्रहरुमा भारतले हस्तक्षेप जारी राखे चीनले त्यसको प्रतिवाद गर्ने बताएको छ ।मंगलबार लेख प्रकाशित गर्दै ग्लोबल टाइम्सले भारत चीनको विकासको परियोजनाको हिस्सा हुनुपर्ने कुरा दोहोराएको छ, जसले वान बेल्ट वान रोड परियोनातर्फ संकेत गर्छ ।मंगलबार प्रकाशित एक कार्टुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वान बेल्ट वान रोडको बसमा चढ्ने वा नचढ्ने भनेर दुविधामा रहिरहँदा बसका यात्राहरु भने हाँसिरहेको देखाइएको छ ।विहारमा भएको अन्तर्राष्ट्रिय बुद्ध सेमिनारमा दलाई लामालाई बोलाएको प्रशंगलाई उल्लेख गर्दै लेखमा भारत चीन नीतिबारे रनभुल्ल रहेको उल्लेख गरिएको छ ।
भारत र दलाई लामाको सम्बन्धबारे सँधै चीन सशंकीत रहने गरेको छ ।भारतको मिडियाले चीनका स्टेट काउन्सिलर र रक्षामन्त्री जेनरल चाङ वानकुवानको नेपाल र श्रीलंकाको भ्रमणबारे गरेको रिर्पोटिङको बारेमा पनि असन्तुष्टि प्रकट गरेको छ ।हिन्दुस्तान टाइम्सले चाङको नेपाल भ्रमण र चीन र नेपालको संयुक्त सैन्य अभ्यासले दिल्ली ‘व्यग्र’ बनेको समाचार छापेको थियो ।लेखमा भारतले दक्षिण एसियालाई आफ्नो आँगन ठान्ने गरेको कुरा उल्लेख गरेको छ ।
‘यो क्षेत्रमा बेइजिङको बढ्दो प्रभावबारे भारतले असहज महसुस गर्नु स्वभाविक हो । उदाहरणका लागि भारतले आर्थिक र कुटनीतिक रुपमा नियन्त्रण गरिरहेको भुटान र चीनबीच हालसम्म कुटनीतिक सम्बन्ध स्थापना हुन सकेको छैन,’ लेखमा भनिएको छ ।भारतको हस्तक्षेपले चीन र नेपालबीचको सम्बन्धमा पनि असर परेको उल्लेख गरिएको छ । नेपालले दुई ठूला छिमेकीको बीचमा रहेर तटस्थ नीति लिँदा पनि भारतले त्यसलाई बेइजिङ परस्त बनेको भनेर सशंकीत हुने गरेको बताइएको छ ।
भारतका ‘परिधीय’ राष्ट्रहरु चीनको पनि छिमेकी रहेको बताउँदै भारतले उनीहरुलाई समान व्यवहार नगर्ने गरेको लेखमा बताइएको छ ।‘नयाँ दिल्लीले चीन र छिमेकी राष्ट्रबीच हुने हरेक क्रियाकलापप्रति अति संवदेनशील हुन बन्द गर्नुपर्छ । नेपाल चीनसँग संयुक्त रुपमा परियोजनाहरु अघि बढाउन चाहन्छ । त्यहाँ चिनियाँ लगानी बढ्दै जाँदा बेइजिङले रक्षामा पनि सहकार्य बढाउनेछ, आफ्नो मात्र नभएर यस क्षेत्रकै सुरक्षा चाँसोको लागि,’ लेखमा भनिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा