सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ ।
नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ८१८ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका र अस्पतालमा छुटेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १२ हजार २३२ को परीक्षण गरिएकोमा २ हजार ४७४ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । नयाँ संक्रमितमा ६०.७ प्रतिशत पुरूष र ३९.२ महिला छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ४९ हजार ५५५ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ७३६ को आइसियूमा र २०७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ४६ हजार ५०२ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ३ हजार ५३ छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३३ लाख २ हजार ७४९ र एन्टिजेन परीक्षण १ लाख ६१ हजार ५४२ को गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा