सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ऐतिहासिक महत्व बोकेका चौतारा एवं पाटी पौवाहरू संरक्षणको अभावमा लोप हुँदै गएको अवस्थामा यहाँको एक महिला समूहले भने दुई शताब्दी पुरानो चौताराको पुनःनिर्माण कार्य थालेको छ । सामाजिक सेवाका क्षेत्रमा क्रियाशील सिलिङ्घे चेतना महिला समूहको सक्रियतामा पोखरा महानगरपालिका- ३३ भरत पोखरीको मनियलडाँडास्थित ऐतिहासिक चौताराको पुनःनिर्माण गर्न लागिएको हो ।
करीब दुई लाख रुपैयाँको लागतमा पुनःनिर्माण गर्न लागिएको चौताराका लागि महानगरपालिकाबाट एक लाख रुपैयाँ विनियोजन गरिएको समूहका सचिव सीता केसी महतले बताइन् । “पुनः निर्माणका लागि महानगरबाट विनियोजित रकमका साथै स्थानीयवासीले जन श्रमदान पनि गरेका छन्, अझै केही रकम अपुग हुने भएको हुँदा थप श्रमदान एवं सहयोगको पनि अपेक्षा गरेका छौँ”, उनले भनिन् ।
मल्लकालीन कोटभैरव मन्दिर जाने मुख्य चोकमा रहेका कारण यस चौताराको अस्तित्व प्राचीनकालदेखि रहँदै आएको बुढापाका बताउँछन् । स्थानीय ज्येष्ठ नागरिकहरू लीलबहादुर महत र सोमबहादुर थापा विभिन्न प्रमाण समेतका आधारमा झण्डै २०० वर्ष पहिलादेखि नै यस चौताराको अस्तित्व रहँदै आएको बताउँछन् । स्थानीय ऐतिहासिक महत्वका सम्पदाको संरक्षणलाई समूहले उच्च प्राथमिकतामा राख्दै त्यसका लागि सम्बन्धित निकायमा पहल गरिरहेको समूहका अध्यक्ष कर्णकुमारी महतले बताइन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा