सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ – चुनावको विरुद्धमा आन्दोलन छरेका सद्भावना पार्टीभित्रै चुनावमा भाग लिनुपर्ने प्रस्ताव आएको छ । पार्टीको छैठो महाधिवेशन तथा समसामयीक राजनीतिक विषयमा बसेको कार्य सम्पादन बैठकमा त्यस्तो प्रस्ताव आएको हो ।तीन दिनसम्म चलेको सो बैठकमा पार्टीका उपाध्यक्ष नरसिंह चौधरी र महासचिव मनिष सुमनले चुनावमा भाग लिनुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।मधेशी मोर्चाका एकघटक समेत रहेका सद्भावना पार्टी चुनावमा जानु हुँदैन भनि कडा अभिव्यक्ति दिँदै आएका थिए तर, पार्टीका दुईजना पदाधिकारीले यस्तो प्रस्ताव राखेपछि पार्टी पंक्ति गम्भीर भएको छ । उनीहरुको तर्क थियो, चुनावसँगै संघर्ष पनि गर्न सकिन्छ, चुनावमा आफ्नो पार्टीको क्षमता र शक्तिलाई प्रदर्शन गर्न सकिन्छ, त्यसैले चुनावमा जानु नै उपयुक्त हुन्छ ।’
उपाध्यक्ष चौधरीले भने, संघर्षलाई स्थापित गराउनका लागि पनि चुनाव पनि एक माध्यम हो, आन्दोलन मात्र गरेर अधिकार प्राप्त हुँदैन, चुनावबाट पनि अधिकार प्राप्त हुन्छ, त्यसैले मैले चुनावमा जान पार्टीलाई सुझाव दिएको छु ।’ लोकतन्त्रमा चुनावले धेरै महत्व राख्छ, चुनावबाट भाग्नु हुँदैन, उनले भने, आफ्नो क्षमता र शक्ति चुनावको माध्यमबाट पनि देखाउन सकिन्छ, सहमति भयो भने ठिकै छ नभए चुनावबाट आफ्नो क्षमता स्थापित गरेर पनि संघर्षलाई अगाडि बढाउन सकिन्छ ।’बैठकमा सहभागी एक नेताका अनुसार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेका प्रस्तावमा सहमति हुने सम्भावना देखिएको छ, संघीय आयोगमार्फत चुनावपछि सिमांकन विवाद टुग्यांउँदा कस्तो हुन्छ भनी बैठकमा जिज्ञासा राखेका थिए । तर अधिकाशं नेताहरुले संशोधन विधेयकमा उल्लेख सबै विषय एकैपटक पारित हुनुपर्ने धारणा राखेका थिए ।
पार्टीका अध्यक्ष महतोले सिमांकनसहित विधेयक पारित नभएसम्म चुनाव जान नसकिने कुरा बैठकमा राखेका थिए । सहअध्यक्ष लक्ष्मणलाल कर्णले पनि पहिलाको भन्दा अहिले परस्थिति फेरिएको बताउँदै यसबेला संशोधन विधेयक पारित नभएसम्म चुनावमा जाने विषयमा सोच्न पनि नहुने धारणा राखेका थिए । पार्टीका प्रवक्ता सन्तोष मेहताले पनि सविधान त्रुटीपुूर्ण छ, त्यसलाई संशोधन नगरिकन चुनावमा कुनै पनि हालतमा जान नसकिने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा