सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भोटेकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना जोखिममा परेको छ ।
चीनको स्वशासित क्षेत्रमा अविरल वर्षापछि भोटेकोसीमा बाढी आएको थियो । बाढीले आयोजना स्थलको बाँध र केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भइसकेको बाँध गत वर्षको बाढीले बगाएपछि पुनः बाँध बनाइएको थियो ।
पुनर्निर्माण भइरहेको बाँधलाई बाढीले बगाउने खतरा रहेको आयोजनाले जनाएको छ । भोटेकोसी बाढीले सो क्षेत्रका दर्जनभन्दा बढी जलविद्युत् आयोजना जोखिममा पारेको छ । बाढीले बर्सेनि आयोजनामा जोखिम बढाउँदै लगेको जलविद्युत् प्रवद्र्धक विष्णुबहादुर खत्रीले जानकारी दिए ।
गोरखापत्र दैनिक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा