सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिराले २४ घरमा क्षति पुर्याएको छ । सिमकोट गाउँपालिका–३ मा पहिराले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताए । घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उनले जानकारी दिए ।
सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पूर्णदेखि आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । भत्किएका घरका ७० कोठामा पूर्ण रुपमा क्षति पुगेको छ । पाँच घर भत्केर कामै नलाग्ने अवस्थामा रहेको उनले जानकारी दिए ।
घर भत्किएपछि उक्त घरपरिवार छिमेकी र त्रिपालमा विस्थापित भएको प्रहरीले जनाएको छ । यही असार ३ देखि ५ गतेसम्म लगातार परेको वर्षाको कारण क्षति पुगेको हो । प्रहरी चौकीभन्दा क्षति पुगेका घर टाढा रहेका कारण प्रहरी मुचुल्का तयार गर्न र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ । क्षति भएकाका लागि राहतको व्यवस्था हुन सकेको छैन । बाढी पहिराले भएका घरबाहेक अन्य थुप्रै ठाउँमा पहिरो खनिएको छ । लगातार वर्षा भइरहेका कारण सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा