सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
९ चैत्र, पाकिस्तानले स्पट फिक्सिङको मुद्धामा फसेका पाँच आरोपी क्रिकेटरलाई देश छोड्न प्रतिबन्ध लगाएको छ। पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी) ले केही समय अगाडि मात्र सम्पन्न पाकिस्तान सुपर लिगमा भ्रष्टाचार विरोधी कानुनको उल्लघन गरेको आरोपमा सार्जिल खान, खालिद लतिफ, मोहम्मद इरफान, साहवेब हसन र नसिर जमशेदलाई क्रिकेटको तीनवटै फरम्याटमा खेल्न प्रतिबन्ध लगाएको थियो।
अस्थाई रुपमा लागेको निलम्बनपछि पाकिस्तान सरकारले यी ५ खेलाडीलाई देश छोडेर विदेश जान प्रतिबन्ध लगाएको हो। प्रतिबन्ध लाग्दा जमशेद बेलायत थिए। उनलाई त्यही पक्राउ गरिएको थियो। गृह मन्त्रालयले जनाएअनुसार इरफान र लतिफलाई सोमबार लाहोरको एफआईए (संघीय अनुसन्धान विभाग) का अधिकारीले बयान लिएका थिए। हसन र सार्जिलको बयान भने मंगलबार लिइएको थियो।
गृहमन्त्री चौधरी निसार अलि खानले एफआईए पदाधिकारीलाई ५ खेलाडीको विषयमा अनुसन्धान गर्न आदेश दिएका थिए। उनले स्पट फिक्सिङमा यिनीहरुको संलग्नता पुष्टी भएको खण्डमा कडाभन्दा कडा कार्यवाही हुने बताएका छन्।
पिसिबीले यो मुद्धालाई हेर्न पूर्व न्यायधीसको अगुवाईमा तीन सदस्यीय कमिटी पनि गठन गरेको छ। पछिल्लो साता मात्र बोर्डले इरफान र साहजेबलाई अस्थायी रुपमा निलम्बन गरेको थियो। उनीहरुलाई निर्दोष भएको प्रमाणित गर्न एक साताको समय दिइएको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा