सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ५३* जनाको मृत्यु भएको छ । यो *मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १४ हजार ८१९ को परीक्षण गरिएकोमा २ हजार ९१८ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआर विधिबाट ६ लाख १० हजार ५२१ र एन्टिजेन विधिबाट २ लाख १ हजार ३३९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । निको हुनेको प्रतिशत ८७.८ छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ९९५ को आइसियूमा र ३२४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ६१ हजार १२२ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ४ हजार ६८२ छ । क्वारेन्टाइनमा रहनेको संख्या ५३१ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार ४५ जिल्लाहरुमा संक्रमणको दर ५०० माथि छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा