सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका-४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुबिच घरायसी झै-झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुरबार खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घाइतेको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा