सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ८ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै मिति बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागि कमल थापासहितको नयाँ गठबन्धन बनाउने तयारी गरेका छन्।प्रधानमन्त्री दाहाल तोकिएकै मितिमा चुनाव गराउनुपर्ने पक्षमा उभिएका छन्। वर्तमान गठबन्धनको प्रमुख शक्ति नेपाली काँग्रेससँग कुरा मिलेन भने राप्रपा अध्यक्ष थापासहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाईपनि सरकारमा सहभागी गराएर चुनावमा जाने तयारी गरेका छन्।
प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार काँग्रेससँग कुरा मिलेन र द्वन्द्व बढ्यो भने प्रचण्डले कमल थापालाई सहयोग लिएर एमालेसहितको नयाँ सरकार बनाउने भित्री तयारी गरिसकेका छन्।यता सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग् उनको सम्बन्ध अहिले चिसिएको छ। उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिका कारण देउवा र दाहालवीच अहिले खासै राम्रो सम्बन्ध छैन्।हालै मात्रै सरकारमा सहभागी भएका राप्रपा अध्यक्ष थापा उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्री बनेका छन्। उनले आफूलाई नै पहिलो वरियता दिनुपर्ने माँग गरेका छन्। प्रधानमन्त्री दाहालले पनि थापालाई नै दिने तयारी गरेका छन्। तर उता अर्का उपप्रधानमन्त्री निधिले आफूलाई पहिलो नम्बरको वरियताक्रम नदिए राम्रो नहुनेभ भन्दै प्रधानमन्त्री दाहाललाई धम्क्याउन थालेका छन्।
काँग्रेस सभापति देउवा र निधिवीचपनि सम्बन्ध चिसिएको छ। आईजीपी विवादलाई लिएर सभापति देउवाले निधिलाई त्यति राम्रो रेस्पोन्स दिएका छैनन्। त्यसैले देउवालेपनि उपप्रधानमन्त्रीको मर्यादाक्रममा निधिलाई नै दिनुपर्छ भनेर कुनै अडान लिएका छैनन्।पछिल्ले समय एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालसँग नियमितजस्तो भेटवार्ता गरिरहेका छन्। ओली निकट स्रोतका अनुसार ओली र प्रचण्डवीच सम्बन्ध प्रगाढ बनेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा