सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १६ करोड ३ लाख ५९ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड २२ लाख २९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १७ करोड ६४ लाख नाघेको छ भने मृतकको संख्या ३८ लाख १० हजार ५१४ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८५ हजार ६६ जनाको अवस्था गम्भीर छ ।
भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । ३ हजार ७१ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ३ लाख ७० हजार १६८ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ६५ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ९४ लाख २४ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ८० लाख १५ हजार जना निको भएका छन् । सक्रिय केस १० लाख ३८ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४३ लाख १५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख १४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ८३ लाख ८१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५३ लाख १९ हजार जनामा भाइरस सक्रिय छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ७३ लाख ७६ हजार जना संक्रमितमध्ये १ कराेड ५७ लाख ६१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ८६ हजारभन्दा बढी छन् । हाल ११ लाख २९ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित ६ लाख ६ हजार ७७८ जना पुगेका छन् भने ५ लाख २७ हजार १११ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ८ हजार ३३६ पुगेको छ भने ७१ हजार ३०१ जना उपचाररत छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा