सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार लगानीकर्ता फेरि जलविद्युतकाे शेयरतर्फ आकर्षित देखिए । विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत् कम्पनीको सेयरमा लगातीकर्ताको आकर्षण कायमै छ ।
यसदिन नेप्से परिसूचकमा भने सामान्य गिरावट देखिएको छ । नेप्से १.८० अंकले घटेर२९४४.७८ विन्दुमा थामिएको छ ।
त्यस्तै, आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
यो दिन १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन ३ करोड ६ हजार ६४४ कित्ता सेयर १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३५ रुपैयाँमा कारोबार भएको छ ।
शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जाशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, पोखरा फाइनान्स र अपी पावर कम्पनी रहेका छन् ।
त्यसैगरी लिबर्टी इनर्जी कम्पनी शिव श्री हाइड्रोपावर, नगाडी ग्रुप पावर, माउन्टेन इनर्जी नेपाल, छ्याङदी हाइड्रोपावर, रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ भने गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा