सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको गरुडामा २ मा स्थानीय र प्रहरी बिच झडप भएका छ।।
वडा नं २ गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जाने क्रममा प्रहरीले रोक्न खोजे पछि स्थानीय र प्रहरी बिच झडप भएको हो ।
झडपमा ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरे सहित ६ प्रहरी घाइते भएका छन् । घाइतेहरुको रौतहट ग्राण्डि हस्पिटलमा ईलाज भईरहेको छ । झडपमा डिएसपी घिमिरेलाई छातिमा चोट लागेको छ ।
घटनामा संलग्न २ जनालाइ प्रहरीले पक्राउ गरी आवश्यक छानबिन गरीरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा